Rashtriya Dainik

लिटल फ्लावर्समा विभिन्न प्रतियोगिता

तुलसीराम पौडेल -फर्साटिकर,२७ माघ
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर अन्तरगत लिटल फ्लावर्स अङ्ग्रेजी माविमा बिहिबार विभिन्न खेल प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
सम्पन्न खेल प्रतियोगिता अन्तरगत माध्यमिक तह तर्फ छात्र छात्रा हाइजम्प ,आधारभुत तह तर्फ छात्र छात्रा निडल रेस , छात्र छात्रा लङ्गजम्प प्रतियोगिताहरु सम्पन्न भएका छन् ।आधार भुत तहमा नै मेमोरी टेस्ट प्रतियोगिता सम्पन्न भएको छ।कक्षा ११ र कक्षा १२ छात्र छात्रा हाइजम्प लङ्गजम्प प्रतियोगिता सम्पन्न भयो।पुर्व प्राथमिक तहमा चम्पा दौड प्रतियोगिता समेत सम्पन्न भयो।
विद्यालयले माघ २४ गते निशुल्क आँखा तथा मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको थियोे ।माघ २५ र २६ गते विबिध खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ भने माघ २७ गते आज अभिभावक शिक्षक तथा पुर्व विद्यार्थीहरु बीचमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता ,अभिभावक बीच हण्डीफोर प्रतियोगिता सम्पन्न हुने विद्यालयको प्राचार्य दिलकुमारी फौदारले जानकारी दिनुभयो ।भोलि माघ २८ गते शनिबार खाना महोत्सव ,पुरस्कार वितरण तथा सास्कृतीक कार्यक्रम सहित समापन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पानकुमार फौदारले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित