राष्ट्रिय दैनिक , २७ माघ
आज फेब्रुअरी १० अर्थात् ‘भ्यालेन्टाइन डे’को चौथौ दिन । ‘भ्यालेनटाइन डे’को प्रतीक्षा रहेको युवायुवतीले आज आफ्नो प्रेमीप्रेमीकालाई टेडी अर्थात् ‘गुडिया दिएर मनाइरहेका छन् । यो पश्चिमी संस्कृति भए पनि पछिल्लो केही वर्षयता यसको प्रभाव नेपालमा पनि परेको पाइन्छ ।
१४ फब्रुअरीलाई भ्यालेनटाइन अर्थात् प्रणय दिवस भने पनि प्रेम गर्नेहरुले यसलाई एक हप्तासम्म विभिन्न नामले मनाउने गर्छन् । यसको सुरुवात ७ फेब्रुअरीबाट सुरु हुन्छ ।
आजको दिन विश्वभर टेडी अर्थात् ‘गुडिया दिएर मनको भावना आफूले मन पराएको व्यक्तिसामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिनको रुपमा हेरिन्छ ।
प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९ मा रोमबाट भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।
आदेश तोडेको आरोपमा उनलाई इ.पू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाउन थालिएको हो ।
किन मनाइन्छ टेडी डे ?
‘टेडी डे’ ‘चकलेट डे’को भोलिपल्ट मनाइन्छ ‘टेडी डे’ अर्थात् ‘गुडिया डे’ । टेडी एकदम कोमल हुन्छ । यो दिन आफ्नो प्रेमीप्रेमीकालाई ‘टेडी’ उपहार दिएर मनाउने गरिन्छ । आफ्नो प्रेमीप्रेमीकालाई टेडी उपहार दिँदा तपाईँको मनको कुरा त्यो टेडीमार्फत तपाईँले माया गर्ने मान्छेसम्म पुग्ने गर्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

