अारपि उपाध्याय / नवलपरासी , २६ माघ
पश्चिम नवलपरासी बर्दघाटको टिसियन चोकबाट प्रहरीले ठुलो परिमाणको रासायनिक मल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको मातहतमा रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले विशेष सुचनाका आधारमा रासायनिक मल बरामद गरेको सुचना अधिकारी एवं डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना.७ ख.९२४३ नम्बरको ट्रकबाट अवैध रुपमा ल्याइएको रासायनिक मललाई बरामद गरिएको हो।
ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक विरेन्द्र केसीको नेतृत्वमा गएको प्रहरी टोलिले युरिया ४२७ बोरा र डि.ए.पि. १२ बोरा नियन्त्रणमा लिइएको बताइएको छ।
प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको मूल्य ५ लाख १२ हजार ४ सय रहेको बताइएको छ।
प्रहरीले ट्रक चालक भतरपुर महानगर पालिका वडा न.१६ बस्ने वर्ष २४ को सन्दिप न्यौपानेलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहिको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा रुपन्देहीबाट धादिङको धार्केमा ५२५ बोरा चोकर ढुवानी गर्ने भनी बिल बनाइएकोमा ट्रकमा जम्मा जम्मा ३९ बोरा चोकर मात्र लोड गरिएको तथा थप अन्य बोराहरुमा विभिन्न प्रकारका मल लोड गरिएकोमा विशेष सुचनाको आधारमा प्रहरीले ट्रक,चालक र रासायनिक मल बरामद गरिएको पनि बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

