Rashtriya Dainik

राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दशौदी निर्वाचित

दाङ, २६ माघ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दशौदी निर्वाचित भएका छन् । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सीटमा उपनिर्वाचन भएको हो । सत्ता गठबन्धनका दशौदीले ४०२६ मतभार पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले ३७२० मतभार पाएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रबीर रायले १९२ मतभार पाएका छन् । निर्वाचनमा ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका थिए ।

रुपन्देहीको मर्मवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह भारतमा रहेकाले मतदानमा सहभागी नभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनुसार प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ २१८ मध्ये २१७ मत खसेको हो ।
सत्ता गठबन्धनको नागरिक उन्मुक्तिबाहेक सबै दलले एमालेका उम्मेदवार दसौंदीलाई समर्थन गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित