तुलसीराम पौडेल /फर्साटिकर , २५ माघ
रुपन्देही स्थित राइजिङ अङ्ग्रेजी निजि विद्यालय संगठन ( रेप्सा) आयोजनामा रेप्सा महोत्सव महोत्सव मंगलबारबाट सुरु भएको छ।
रुपन्देहीको शुद्धोधन ४ फर्साटिकरमा अवस्थित सिद्दार्थ इङ्लिस बोर्डिङ स्कुलमा भएको कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तुलसी चौधरीले उद्घाटन गर्नुभयो ।
उद्घाटन प्रश्चात बोल्दै प्रदेशसभा सदस्य चौधरीले शिक्षाको गुणस्तर सुधार गर्नका लागि निजि विद्यालयहरुले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।पछिल्लो समय शिक्षामा अब्बल मानिएका विद्यार्थीहरु बिदेशीने क्रम बढेको भन्दै यसलाइ रोक्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
चौधरीले सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारले निजि विद्यालयहरुलाई चुनौती थपेको बताउदै निजि विद्यालयहरु पनि परिमार्जन गर्दै जानुपर्ने बताउनुभयो ।
यस्तै शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले रेप्साले राखेको महोत्सवबाट विद्यार्थीहरुको प्रतिभाको प्रस्फुटन हुने विश्वास व्यक्त गर्नुभयो ।उहाले महोत्सवको सफताको शुभकामना व्यक्त गर्नुभयो ।
प्याब्सन लुम्बिनी अध्यक्ष लालहरि पाण्डे,प्याब्सन रुपन्देही अध्यक्ष अनन्तराम शर्मा, महोत्सव कार्यक्रम संयोजक रिसिराम बस्याल, सिद्धार्थ विद्यालय ब्यवस्थापन समिती अध्यक्ष सालिकराम शर्मा अर्याल लगायतले बोल्दै निजि विद्यालयलाइ राज्यले हेर्ने दृष्टिकोण भेदभावपूर्ण रहेको बताउनुभयो । अब निजि विद्यालयको पनि माग सम्बोधन राज्यले गर्नुपर्ने जिकिर गर्नुभयो ।
महोत्सवको पहिलो दिन आज ५ हजार मिटरको लामो रेस प्रतियोगिता,गायन प्रतियोगिता ,ज्याभलिङ थ्रो मावी स्तरिय, प्रावी,निमावी र मावी लङजम्प, मावी सर्टफुट प्रतियोगिता सम्पन्न भएको छ।रेप्सा रुपन्देहीका अध्यक्ष कमल प्रसाद पौडेलको अध्यक्षता,उपाध्यक्ष रामकृष्ण खनालको स्वागत
मन्तव्यबाट ,शुद्धोधन गाउँपालिका प्रवक्ता एवं वडा न.४ अध्यक्ष केशब प्रसाद अधिकारीको मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन रेप्सा सचीव कृष्ण गौतमले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

