५ पुस / काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पर्सि बस्ने भएको छ । यही पुस ७ गते मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न १ बजे बैठक बस्ने भएको काँग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त बस्ने भएको बैठकमा देशभरका राजनीतिक विषयमा छलफल गरिने नेपाली कांग्रेसको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने काँग्रेसले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।