Rashtriya Dainik

दान पेटीकामा जम्मा भएको रकम तथा खाद्यान्न घोडाघोडीमा बस्ने माताहरुलाई हस्तान्तरण

खगेन्द्र अवस्थि ,सुखड ,२४ माघ
जिल्लाको घोडाघोडी नगरपालिका १ मा रहेको जंगल रिसोर्टमा राखिएको दान पेटिकामा जम्मा भएको रकम घोडाघोडी मन्दिरमा बस्ने माताहरुलाई खान पिनका लागि हस्तान्तरण गरिएको छ।

रकम कैलालीको घोडाघोडी नगपालिका १ सुखडमा रहेको जंगल रिसोर्टले घोडाघोडी मन्दिरमा बस्ने माता तथा बाबाहरुलाई सहयोग गरेको हो। घोडाघोडी जंगल रिसोर्टको समूहले दान पेटीकामा उठेको जम्मा ८ हजारको चामल दाल तेल सहयोग गरेका हुन ।

घोडाघोडी मन्दिरमा बस्ने माता तथा बाबाहरुलाई आर्थिक अभावका कारण उपचारमा समस्या नहोस् थोरै भएपनि राहत होस भनी घोडाघोडी जंगल रिसोर्टको समूहले मन्दिरमै गएर आर्थिक सहयोग तथा खानपिनका सामग्री हस्तान्तरण गरेका हुन् । उक्त दान पेटिकामा उठेको रकम फजुल खर्च गर्नुभन्दा घोडाघोडीमा रहेका माता तथा बाबाहरुलाई सहयोग पुग्ने र समूहले सामाजिक काममा खर्च गर्‍यो भन्ने पनि हुने भएकाले सबैको सल्लाह अनुसार आर्थिक सहयोग गरेको घोडाघोडी जंगल रिसोर्टका प्रमुख तथा होटल व्यवसायी संघ घोडाघोडीका अध्यक्ष सुरेन्द्र शाही विवेकले जानकारी दिनु भयो । आगामी दिनमा संकलन गरेको रकम समूहले यस्तै सामाजिक क्षेत्रमै खर्च गर्दै आउने उहाँले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित