उमेश बि.क / नवलपरासी , २४ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ अादर्श मा.बि.खाेखरपुरामा दाेस्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन १ गतेदेखि हुने भएको छ ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीका अनुसार फागुन १ गतेदेखि ३ गतेसम्म प्रतियोगिता हुनेछ ।

साे प्रतियोगिता सन्चालनका लागि साेमवार सरावल गाउँपालिकामा जनप्रतिनिधि तथा सामुदायिक एवं संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुकाे उपस्थितिमा विभिन्न समिति उपसमिति चयन गरि तयारीबारे विस्तृत छलफल भएको हाे।
अादर्श मा.बि.खाेखरपुराको चौरमा हुने प्रतियोगितामा महिला पुरुष छुट्टा छुट्टै विभिन्न दुरीका दौड, भलिवल, हाईजम्प, लङजम्प, सटफुट, त्रिपलजम्प, ज्यावलिङ थ्रो लगायतका खेलहरु हुनेछन् ।

प्रतियोगिताको बिजेताले राष्ट्रपति रनिङ शिल्डसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाले जानकारी दिनु भयो ।
प्रतियोगितामा पालिका भित्र रहेका विद्यालयहरुले सहभागीता जनाउन पाउनेछन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

