Rashtriya Dainik

आज राेज डे, कुन रङको गुलाफ केको प्रतीक

राष्ट्रिय दैनिक , २४ माघ

हरेक वर्ष फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ आउने गर्छ । त्यसको हप्ता दिनअघि देखि नै विभिन्न ‘डे’ मनाउने गरिन्छ । यसै क्रममा आज ‘रोज डे’ परेको छ । यस दिन प्रेमी प्रेमिकाले एकआपसमा गुलाफको फूल आदानप्रदान गर्छन् । विभिन्न रङका मध्ये रातो गुलाफ प्रेम, शान्ति र क्षमताको प्रतीक हो । भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो गुलाफ आदानप्रदान हुने गर्छ । रातो गुलाफ प्रेम र मनोभावनाको प्रतीक पनि हो ।

गुलाफी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक हो । गुलाफी रङको गुलाफले सुन्दरता जनाउँछ । हल्का गुलाफी रङको गुलाफको अर्थ सहानुभूति हुन्छ भने गाढा गुलाफी रङलाई कृतज्ञतासँग जोड्ने गरिन्छ । पहेंलो गुलाफ मित्रताको प्रतीक हो । भ्यालेन्टाइन डेमा खासै आदानप्रदान नुहुने यस रङको गुलाफ फ्रेन्डसिप डेमा भने बढी नै आदानप्रदान गरिन्छ ।

सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक हो । कसैले चोखो मनले माया गरेको छ भने सेतो गुलाफ उपहार दिनलाई रोज्छ । सेतो रङको गुलाफको अर्थ शुद्धता, सरलता र शान्तिसँग पनि जोडिन्छ । कालो गुलाफ बिदाइको प्रतीक हो । यो रङको गुलाफले माया मरिसकेको अर्थ दिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित