Rashtriya Dainik

कृष्णनगर प्रहरीद्वारा भारतबाट अवैध पैठारी भइरहेकाे गहुँ बरामद

कृष्णनगर , माघ २४ । कृष्णनगर प्रहरीले भारतबाट अवैध पैठारी भइरहेकाे गहुँ बरामद गरेकाे छ ।

कृष्णनगर नगरपालिका वडा १२ साेनबरसा हुँदै अवैध रुपमा भित्रिदै गरेकाे गहुं बिहान ५.३० बजे नेपाल प्रहरीकाे टाेलीले पक्राउ गरि कृष्णनगर भन्सार पठाएकाे इप्रका कृष्णनगरले जनाएकाे छ । सुराकीकाे आधारमा खटिएकाे प्रहरी निरिक्षक नवराज ढुंगानाकाे टाेलीले कुल ३० क्वीन्टल भारतीय गहुं बरामद गरि भन्सार कार्यालय पठाएकाे छ ।
बरामद गहुंलाई कृष्णनगर भन्सार कार्यालयले कुल १ लाख ४८ हजार २२५ बराबरकाे कबाेल रकममा लिलाम गरेकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित