रुपन्देही । भारतका प्रख्यात सन्त मोरारी बापूले आजदेखि बुद्व जन्मस्थल लुम्बिनीमा, ९१२ औ राम कथा प्रवचन गर्दै छ्न । रामकथा प्रेम यज्ञ समितीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा ९ दिनसम्म कथावाचन हुनेछ ।
हिजो पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे । वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगे ।
उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेखेका छन। `पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशि र शान्ति मिलेको छ । परम पावन धाममा आउनाले परम माैन, परम शांति र परम आनंदकाे अनुभूति भईरहेकाे छ । म आफूलाई एकदम शाैभाग्यशाली अनुभव गर्दैछु´ सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरि पूजा समेत गरे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

