ज्ञानेश्वर सहानी / नवलपरासी , २३ माघ
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ८ स्थित भित्री सडकखण्डमा साईकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।
डोको, नाङ्लो बेच्दै पश्चिमबाट पुर्ब तर्फ जादै गरेका बर्दघाट नगरपालिका वडा नम्बर १५ बेलडाडा निवासी अन्दाजी ४९ बर्षका आस बहादुर गुरुङ अचानक साईकल अनियन्त्रित भई लडेर टाउकोमा गम्भीर चोट लागेको थियो ।
घटना पश्चात जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी निरीक्षक धर्मराज खत्रीको कमाण्डमा ७ जनाको टोलि घटनास्थलमा पुगि उनलाई उपचारको लागि जिल्ला अस्पताल परासीमा ल्याईएकोमा करिब ५:२० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

अहिले शव सोही अस्पतालमा रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी भोजराज पाण्डेले बताउनुभएको छ
मृतक गुरुङको परिवारलाई खबर गरि हाल उनकी श्रीमती साथमा रहेको समेत पाण्डेले जानकारी दिनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

