Rashtriya Dainik

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

काठमाडौं । दक्षिण पूर्वी टर्कीमा शक्तिशाली भूकम्प गएको छ । सिरियाको सीमामा रहेको गाजियान्टापमा ७।८ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले जनाएको छ ।

भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको विवरणहरू प्राप्त भएको छ। कैयौँ भवनहरू भत्किएको र त्यहाँ केही मानिस फसेको हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।

टर्कीका भूगर्वविदहरूले भूकम्प ७।४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्। उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित