Rashtriya Dainik

रेशम चौधरी मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश

काठमाडौं,२३ माघ । टिकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जोडिएको मुद्दामा दुवै पक्षलाई झिकाउने सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा मनोजकुमार शर्माको इजलासले चौधरीको पुनरावेदनमा प्रत्यर्थी (झगडिया) झिकाउने आदेश गरेको हो । सर्वोच्चले आइतबार नै चौधरीविरुद्ध सरकारले दर्ता गरेको मुद्दामा पनि प्रत्यर्थी झिकाउने नै आदेश भएको छ ।

सर्वोच्च अदालतले आइतबार तल्लो अदालतको फैसला चित्त नबुझाएर पुनरावेदन गर्नेको विपक्षीहरुलाई झिकाउनु भनी आदेश गरेको हो ।

७ भदौ २०७२ मा कैलालीको टिकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो मुद्दामा जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य योजनाकार रहेको ठहर सहित रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो, उक्त फैसलालाई उच्च अदालत दिपायलले पनि सदर गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित