Rashtriya Dainik

सरावलकाे जावा ( ककरपत्त नगर ) मा महापरिनिर्वारण दिवस दिवसको अवसरमा दीप प्रज्वलन

राष्ट्रिय दैनिक / नवलपरासी , २२ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ जावा ( ककरपत्त नगर ) मा महापरिनिर्वारण दिवस मनाईएको छ ।

शान्तिका अग्रदूत भगवान गौतम बुद्धले आफैले महापरिनिर्वाण घोषणा गरेको दिनको सम्झनामा सरावल गाउँपालिकाको आयोजनामा अाइतवार कोलवृक्ष बँगैचामा दीप प्रज्वलन गरी दिवस मनाईएको हो ।

सरावल २ का कार्यबाहक वडा अध्यक्ष तुफानीलाल गुप्ताको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा एवं उपाध्यक्ष बासमति हरिजनकाे बिशिस्ट अातिथ्यतामा दीप प्रज्वलन गरिएको थियो ।

बुद्धले माघ पूर्णिमाका दिन वैशालीमा रहँदा आयुसंस्कारलाई त्यागी तीन महीनापछि आफ्नो परिनिर्वाण हुने भनी घोषणा गर्नुभएको थियो ।

बुद्धले माघ पूर्णिमाका दिन आफूले तीन महीनापछि वैशाख शुक्लपूर्णिमाका दिन महापरिनिर्वाण गर्ने भिक्षु आनन्दलाई सुनाउनुभएको त्रिपिटकमा उल्लेख छ बुद्धले भारतको कुशिनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो।

सोही दिनको सम्झनामा भगवान् गौतम बुद्धले गृह सुख सन्देश दिएको स्थल जावा कोलवृक्ष बँगैचा ( ककरपत्त नगर)मा दिवस मनाईएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो ।

बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको दिन वैशाख शुक्लपूर्णिमा दिन देश विदेशमा बुद्धजयन्तीको रुपमा मनाइने गरेपनि महापरिनिर्वाण घोषणा गरेको दिनलाई सम्झने गरी सरावल गाउँपालिकाले उक्त दिनको सम्झना हुने र ककरपत्त नगर जावाको प्रवद्र्धन र महत्व पनि उजागर हुने भएकोले दिवस मनाईएको अध्यक्ष चौधरीले बताउनुभयो ।

बुद्धको महापरिनिर्वाण पश्चात् उहाँको अस्थि आठ भाग लगाइएको थियो। मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वैध्दिप, पावा र कुशिनगरलाई अस्थि बाँडिएको थियो बुद्धको मामावली तर्फका प्राचीन कोलिय गणराज्य ( रामग्राम) का राजाले आफ्नो भागमा पाएको अस्थि ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेका थिए ।

कोलिय गणराज्यको राजधानी रामग्राम भएको हुँदा कोलिय राजाले बनाएको स्तुपलाई रामग्राम स्तुपको रूपमा चिन्ने गरिन्छ । सो जिल्ला सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणतर्फको उज्जैनी गाउँमा पर्छ ।

प्राचीन कोलिय गणराज्यकै एक प्रमुख नगर ककरपत्त नगर पनि थियो । सरावल – २ जावा गाउँमा अवस्थित यस क्षेत्रमा विश्वमै लोमोन्मुख बुद्धकालीन वनस्पति कोलवृक्ष बगैंचा रहेको छ । भगवान् गौतम बुद्धले गृह सुख सन्देश दिएको प्राचीन ककरपत्त नगरका रुपमा यस क्षेत्रको संरक्षण गरी प्रवर्धन र विकासमा गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो ।

तत्कालीन कोलीय गणराज्य अन्तर्गतको ककरपत्त नगरमा गृहस्थलाई सन्देश दिएको हुँदा संसारकै गृहस्थले यस स्थानमा आएर भगवान् बुद्धको सन्देश सुन्न सक्ने र मुक्ति पाउने स्थलका रुपमा विका गरिने उहाँको भनाई थियो

बुद्ध दर्शनका अनुसार कोलीय पुत्र दीर्घजानुको नामले जावा गाउँ रहन गएको थियो । उक्त स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले सरावल गाउँपालिकाले यहाँ विभिन्न पूर्वाधारका कार्य गर्दै

आएको गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो । भगवान् बुद्ध बेलाबेला गाउँ घुम्दा यस स्थानमा धर्म देशना गर्ने क्रममा भगवान् चरिया गर्दै ककरपत्त आएको किंवदन्ती छ सोही बेला ककरपत्तका नगरप्रमुख कोलिय पुत्र दीर्घजानुले भगवान्समक्ष उपस्थित भई आफूहरु गृहत्याग गरी भिक्षु हुन नसक्ने बताउँदै समान्य गृहस्थहरु कसरी मुक्तिको मार्गमा जान सक्छन् भन्ने आग्रह गरेका थिए ।

भगवान् बुद्धले दीर्घजानुको आग्रहलाई स्वीकार गर्दै गृहसुख सन्देश सुनाएको बताईन्छ । यो कुरा त्रिपिटकको अगुत्तर निकायको दीर्घजानु सुत्तमा उल्लेख छ । गृह सुख सन्देश दिँदा भगवान् बुद्धले गृहस्थको इहलौकिक अर्थात् जीवित हुँदासम्म र पारलौकिक अर्थात् मरणोपरान्त गरी दुई भागमा देश सुनाएका थिए ।

कार्यक्रममा वडा सदस्य नरेन्द्र चौधरी, रुपा हरिजन, समाजसेवी कृष्णदत्त थारु, भेषनारायण चौधरी, गोपीचन्द हरिजन, भेषनारायण चौधरी, सञ्जय मौर्य लगायतले उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित