अारपि उपाध्याय / नवलपरासी , २२ माघ
आशा लघुबित्त बित्तिय संस्था लि. बित्तिय साक्षरता तालिम तथा केन्द्र प्रमुखहरुको गोष्टी आईतबार सुस्ता गाउपालिकाको गुदरियामा सम्पन्न भएको छ ।
सुस्ता शाखा प्रमुख लाल बहादुर चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सुस्ता गाउपालिका वार्ड नंं २ का वार्ड अध्यक्ष कृष्ण लाल मुखियाले बित्तिय साक्षरताको माध्यम बाट आर्थिक अनुशासन कायम राख्न सकिने बिचार ब्यक्त गर्दै बित्तिय संस्थामा आबद्ध बर्गले नतिजामुखी कार्य गर्नु पर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा आशा लघुबित्त बित्तिय संस्थाका नायव प्रमुख अधिकृत बद्री प्रसाद अधिकारी र कर्जा अनुगमन अधिकृत रबिन खतिवडा लगायतले सहजिकरण गर्नु भएको थियो । २०७३ सालमा स्थापना भएको संस्थामा हाल नेपालभरी ६ हजार ९० शाखा रहेको छ ।
पश्चिम नवलपरासीको सुस्ता शाखा बाट ६ करोड ३२ लाख लगानी भएको आयोजकले जानकारी दिएको छ ।
सो अवसरमा आर्थिक बर्ष ०७८।०७९ मा पश्चिम नवलपरासी अन्तर्गत ५ केन्द्रलाई उत्कृष्ट घोषित गरी सम्मान सहित कदरपत्र प्रदान गरिएको स्टेशन प्रमुख भेष बहादुर बिकले जानकारी दिनुभयो ।
सम्मानित हुने केन्द्रहरुमा बर्दघाट १ माकर मा पर्ने ४९ नम्बर समुह, सुस्ता १ नौडियामा रहेको ३६ नम्बर समुह , सुस्ता १ बन देवीमा रहेको ३९ नम्बर समुह , सुस्ता २ महलबारीमा रहेको २१ नम्बर समुह , र विनयी त्रिवेणी ६ केउलानीमा रहेको १७ नम्बर समुह रहेको सुस्ता शाखा प्रमुख लाल बहादुर चौधरीले जानकारी दिनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

