काठमाडाैँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत थापाको आज बिहान निधन भएको हो ।
उहाँ २०१३ साल वैशाख १० गते नेपालको गभर्नर नियुक्त हुनुभएको थिए । नेपाली रूपैयाँको भारतीय रुपैयाँमा विनिमय दर १०० को १६० रुपैयाँ उहाँकै पालामा भएको हो । उहाँ गोर्खा ब्रुअरी, हिमालयन बैंक र हिमालयन डिस्टिलरी लगायत कम्पनीका संस्थापक पनि हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ ज्येष्ठ नागरिकका अधिकारका क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

