राष्ट्रिय दैनिक / नवलपरासी , २२ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा अल्पसंख्यक जातिहरुलाई हकहित अधिकार सम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न भएको छ।

सरावल गाउँपालिकाकाे अायाेजना तथा जन कल्याण सीप प्रशिक्षण केन्द्रकाे सहजिकरणमा वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मण चाैधरीकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

समापन समारोहलाई कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले आर्थिक, राजनीतिक र सामाजिक रूपले पछाडि पारिएका तथा विभेद र उत्पीडनको कारणले सेवा सुविधाको पहुँचबाट वञ्चित देखिएका अल्पसंख्यक समुदायका लागि नीतिमा व्यवस्था गरिए पनि त्यसको व्यवहारिक कार्यान्यवन हुन नसकेको भन्दै लक्षित क्षेत्रमा बजेटको व्यवस्था गरी त्यस समुदायको समुन्नत विकासको बाटो तय गर्नुपर्नेमा जोड दिनुभयाे । अधिकार प्राप्तिका लागि सम्बन्धित वर्गले सम्बन्धित ठाउँमा जानुपर्ने र त्यस सम्बन्धमा वकालत गर्ने गरियो भने थप प्राथमिकता पाउने बताउदै स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्वको प्रयोजनका लागि अल्पसंख्यक समुदाय तय गरेको बताउदै अल्पसंख्यक जाति राजनीतिक , सामाजिक क्षेत्रमा पनि विशेष चासाे राख्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले पिछडिएको अल्पसंख्यक समुदायको उत्थानका लागि ठोस योजना ल्याउनुपर्ने अावश्यकता रहेकोले अब अगामि दिनमा पालिकाले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका ४२ जना सहभागीता रहेको कार्यक्रमकाे सहजिकरण पत्रकार बेचु गाैड र उमेश बि.क ले सहजिकरण गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

