राष्ट्रिय दैनिक / नवलपरासी , २२ माघ
नवलपरासी जिल्लाबाट ६ महिनाको अवधिमा कुल ६० वटा भ्रष्टाचारका उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा दर्ता भएका छन् ।
आयोग बुटवल कार्यालयका उपसचिव कृष्णहरि अधिकारीले यस आर्थिक वर्षको पुस मसान्तसम्म नवलपरासीबाट परेका उजुरीमा सबैभन्दा बढी स्थानीय सरकारविरुद्धका छन् ।
दर्ता भएका ६० उजुरीमध्ये २९ वटा फछ्यौट भएको र ३१ वटा अनुसन्धानको क्रममा रहेको अधिकारीले जानकारी दिनुभयो ।
उजुरीमध्ये संघ सरकार अन्तर्गतका ९ वटा रहेकोमा ४ वटा फर्छाैट भएको र ५ वटा उजुरी अनुसन्धान क्रममा रहेका छन । प्रदेश सरकार अन्तर्गत ६ वटा उजुरी परेकोमा ३ वटा फछ्र्यौट भएको ३ वटा अनुसन्धान क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।
स्थानीय सरकार अन्तरगत ४५ वटा उजुरी परेका छन् । जसमा २२ वटा फछ्र्यौट भएको र २३ वटा अनुसन्धान क्रममा रहेको आख्तियारले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

