तुलसीराम पौडेल -मायादेवी ,२२ माघ
रुपन्देहीको मायादेवी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा माघ १६ गतेदेखि संचालित पालिका स्तरीय दोस्रो अध्यक्ष कप क्रीकेट प्रतियोगिता शनिबार एक कार्यक्रमका बीच समापन भएको छ।सम्पन्न प्रतियोगितामा मायादेवी वाड नम्बर -७ विजयी भएको छ भने वाड नम्बर -६ उप बिजेता भएको छ। विजयी हुन सफल वाड नम्बर ७ ले नगद ३५ हजार ,शिल्ड र प्रमाणपत्र हासिल गरेको छ भने उप विजेता वाड नम्बर -६ ले नगद २५ हजार ,शिल्ड र प्राप्त गरेको छ।
त्यसै गरि प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडीलाई नगद ५ सय दिइएको छ।११ हजार नगद धनराशि भएको केयर प्ले अवाड वाड नम्बर ५ ले पाउन सफल भएको छ। म्यान अफ द सेरिजको पुरस्कार नगद ३ हजार र बेस्ट ब्याचमेनको नगद २ हजार रहेको गाउँपालिका योजना शाखा प्रमुख निरन्जन गुप्ताले जानकारी दिनु भयो । मायादेवी गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले खेलकुद वडा स्तर हुँदै गाउँपालिकामा हुने कार्यक्रमलाई अगाडि बढ्याइने बताउनु भयो ।कार्यक्रमका संयोजक तथा गाउँपालिका प्रवक्ता एव मायादेवी गाउँपालिका वडा नम्बर -७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डेले खेलकुदको माध्यमबाट मायादेवीलाई रास्टिय तथा अन्तर्राष्ट्रियमा चिनाउनुपर्ने बताउनु भयो ।खेलकुदमा युवाहरूलाई प्रोत्साहन स्वरुप दोस्रो अध्यक्ष क्रीकेट प्रतियोगितामा विजयी वाड नम्बर ७ का युवा खेलाडिहरुलाई वडा स्तरको बजेटबाट एक लाख एक रुपैया नगद पुरस्कार दिने घोषणा गर्नुभयो।त्यसै गरि वाड नम्बर -६ का वडा अध्यक्ष अवधराज यादवले दोस्रो अध्यक्ष कप क्रीकेट प्रतियोगिताका उप विजेता वाड नम्बर -६ का युवा खेलाडिहरुलाई वडा स्तरको बजेटबाट नगद ५० हजार प्रोत्साहन पुरस्कार दिने घोषण गर्नु भएको छ।
कार्यक्रम संयोजक तथा गाउँपालिका प्रबक्ता एवं वाड नम्बर -७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डेको अध्यक्षता, गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरीको प्रमुख आतिथ्यता,शिक्षा शाखा प्रमुख नारायण लामिछानेको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा मायादेवी वाड नम्बर -८ का अध्यक्ष चोकबहादुर थापा ,वाड नम्बर ५ का अध्यक्ष तेजनारायण पाल ,नेपाली काङ्ग्रेस मायादेवीका अध्यक्ष पदम भण्डारी ,माओवादी प्रतिनिधि सन्त कुमार यादव र जनमत पार्टिका हरिकेश लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको संचालन मधुसूदन बेलबासेले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

