अारपि उपाध्याय / नवलपरासी , २१ माघ
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता एक भव्य समारोह बिच नर्सहीमा सम्पन्न भएको छ।
माघ १० गतेदेखि प्रारम्भ भएको फुटबल प्रतियोगिताको फाइनल खेलमा राइजिङ स्टार सामुदायिक प्रतिष्ठान भुमहीले सुस्ता ११ फुटबल टिमलाई शुन्यको विरुद्ध ६ गोलले पराजय गरि रु.१ लाख ५१ हजार नगद सहित कप मेडल प्राप्त गरेको थियो।
खेलमा उपविजेता बनेको सुस्ता ११ टिमलाई रु. १ लाख १ हजार नगद सहित कप मेडल प्राप्त गरेको कार्यक्रम संचालक सैलेन्द्र प्रसाद शर्माले जानकारी दिनुभएको छ।
फुटबल प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका राइजिङ स्टार सामुदायिक प्रतिष्ठान भुमहीका खेलाडी हिमाल थापा म्यान अफ द म्याच घोषित भएका थिए।
टुर्नामेन्टमा राइजिङ स्टार कै गोल किपर राजाबाबु थापालाई उत्कृष्ट गोल किपरद्वारा सम्मान गरिएको थियो।
सुस्ता गाउँपालिका वडा न.४ का वडा अध्यक्ष निल बहादुर गुरुङको अध्यक्षतामा आयोजित फुटबल खेलको समापन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारले खेलको माध्यमबाट पनि खेलाडीले आफ्नो गाउँ,समाज र राष्ट्रलाई चिनाउन सक्ने विचार व्यक्त गर्दै अनुशासित खेलाडीले नै राम्रो नतिजा प्राप्त गर्न सक्ने धारणा राख्नुभयो।

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको अध्यक्ष कप फुटबल प्रतियोगितामा जिल्ला अन्तर्गतका १२ टिमका सहभागिता रहेको थियो।
समापन समारोहमा फुटबल संघ पश्चिम नवलपरासीका अध्यक्ष नन्द बहादुर गुरुङ, सुस्ता १ का वडा अध्यक्ष अशोक कुमार चौधरी, मदन भण्डारी एकेडेमीका केन्द्रीय सदस्य डा. सुवासचन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

