Rashtriya Dainik

नेपाल रेडक्रस साेसाइटी बालपुरी उपशाखाद्वारा कम्बल वितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ भिमटाडिमा अवस्थित नेपाल रेडक्रस साेसाइटी बालपुरी उपशाखाद्वारा कम्बल वितरण गरिएको छ।

नेपाल रेडक्रस साेसाइटी बालपुरी उपशाखाकाे सभापति भाेलेनाथ काेइरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा जेष्ठ नागरिक तथा अति विपन्न परिवारकाे ब्यक्तिलाई कम्बल वितरण गरिएको हाे।

कम्बल वितरण गर्दै पालिका अध्यक्ष चाैधरीले विपन्न वर्गका नागरिकलाई जोगाउने दायित्व सबैको रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले विपन्न तथा असक्त नागरिकलाई मध्यनजर गर्दै आवश्यकता अनुसारको कार्यक्रम सञ्चालन गरिरहेको पनि बताउनुभयो ।

त्यस्तै उपशाखाका सभापति काेइरीले चिसाे बढ्दैजादा एकल महिला , जेष्ठ नागरिक तथा अति विपन्न परिवारकाे ब्यक्तिलाई जाडो छल्न सहज हाेस भनी कम्मल वितरण गरेको बताउदै अगामी दिनमा यस्तै सहयोग गरिरहने बताउनु भएको हाे।

कार्यक्रममा सरावल गा.पा उपाध्यक्ष बासमति हरिजन, वडा नम्बर ३ वडा अध्यक्ष फिरंगि चाैधरी , उमा शंकर खरबिन्द लगाएको सहभागीता रहेको थियाे।

कम्बल सरावल गाउँपालिका वडा नं. १ देखि ४ भित्रका २५ जना जेष्ठ नागरिक, एकल महिला, अति बिपन्न परिवारहरुलाई गरिएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित