Rashtriya Dainik

उपाध्यक्ष मशहूद एन ओ सी प्रदान गरि मदरसाका विद्यार्थीको समाधान गर्न भेटे मोदी

कपिलवस्तु, माघ २१

कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मंत्री अमनलाल मोदी संग भेटघाट गरेका छन् l

उपाध्यक्ष मौलाना मशहूद खां लगायत नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कमल चुदाली, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्वासे, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला सचिव हजरत अली खान, अलताब खान लगायतले कपिलवस्तुको विकासका लागि मंत्री मोदी को ध्यानाकर्षण गराएका थिए l

मोदी कपिलवस्तु जिल्ला भ्रमणका क्रममा हुदाँ उहाँ लाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै मुस्लिम समुदायका विद्यार्थी हरु साउदी अरबको विश्वविद्यालय मा पढ्न निकै कठिनाईको सामना गर्दै आएकाले मदरसाका विद्यार्थी लाई सजिलो रूपमा Noc प्रदान गरि सउदी अरब लगायत अन्य देशमा सहजै उच्च शिक्षा हासिल गर्ने वातावरण मिलाउनु पर्ने मदरसामा पढाउने शिक्षक (मौलाना) लाई सरकारी विद्यालय सरह सेवा सुविधा दिनु पर्ने , धार्मिक रूपमा संचालित मदरसा, गुम्बा, गुरूकुल लगायतका विद्यालयमा दिदै आएको बार्षिक अनुदान बृद्धि गर्नुपर्ने जस्ता विषयमा मंत्री मोदीको ध्यानाकर्षण गराउनका साथै असहाय, जनजाति, दलित, मधेसी, महिला, मुस्लिम, पछडिएको वर्ग, अल्पसंख्यक, सिमान्तकृत, लोपउन्मुख लगायत अन्यको हक अधिकारका लागि माओबादी केन्द्र ले खेलेको भूमिका अविस्मरणीय रहने उपाध्यक्ष मौलाना मशहूद ले बताए l

सोही क्रममा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला हालसालै सचिव भएकोमा हजरत अलि खानलाई समेत उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले दोसल्ला ओढाई सम्मान गरेका थिएl

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित