Rashtriya Dainik

अवैध रुपमा नेपाल भित्राउदै गरेको गहुँ लोड गरिएको गाडी प्रहरीकाे नियन्त्रणमा

अारपि उपाध्याय / नवलपरासी , २१ माघ

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको असनैया इलाकाबाट अवैध रुपमा नेपाल भित्राइएको गहुँ लोड गरिएको गाडीलाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको छ।

गहुँ लोड गरि नेपाल ल्याइएको पिकअप गाडिलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पश्चिमका सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।

लु.१ज.४४८९ नम्बरको पिकअप गाडीमा ३१ क्युन्टल गहुँलाई जिल्ला प्रहरी कार्यालयका सादा पोसाकका प्रहरी र प्रहरी चौकी बसैयाका प्रहरी नायब निरीक्षक बासुदेव ओलीको सयुक्त टोलिले बरामद गहुँलाई ट्याक्टरमा पल्टी गरि आवश्यक कारवाहिको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बरामद गरेको गहुँको मूल्य १ लाख ८९ हजार ८ सय रहेको बताइएको छ। पिकअप गाडीको पट्टा भचिएकोले पिकअपको गहुँ ट्याक्टरमा लोड गरि पठाइएको छ भने पिकअप चालक हालसम्म फरार नै रहेका छन।

पश्चिम नवलपरासीको बसैया नाकामा अवैध क्रियाकलाप मौलाएको छ भने प्रहरीले आंशिक रुपमा मात्र अवैध सामाग्री बरामद गर्न सकेको बुझिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित