अारपि उपाध्याय / नवलपरासी , २१ माघ
जिल्ला प्रहरी कार्यालय नवलपुर अन्तर्गत ईलाका प्रहरी कार्यालय दुम्किबासले लागू औषध सहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
विनयी त्रिवेणी गाउँपालिका वडा न.१ विनयी खोला पुल स्थित पुर्व पश्चिम राजमार्गमा चेकजाँचको क्रममा पश्चिमबाट पुर्वतर्फ जादै गरेको ग.२०प.४३६० नम्बरको स्कुटी सवार व्यक्तिलाई लागू औषध सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक रामनारायण गुप्ताको नेतृत्वमा रहेको प्रहरी टोलिले तनहुँ जिल्ला,सुक्ला गण्डकी नगरपालिका ३ दुलेगौडा बस्ने वर्ष २९ का स्कुटी चालक अर्जुन बस्याल र पछाडी बस्ने वर्ष ३५ का विक्रम श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

लागू औषध लिइ हिड्ने अभियुक्तबाट डाइजापाम २६४ एमपुल,नोफेन २६१ एमपुल, फेनेरगन २६१ एमपुल बरामद गरिएको थियो। लागू औषध सहित प्रहरीको नियन्त्रणमा परेका बस्याल र श्रेष्ठलाई थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय दुम्किबासमा राखिएको बताइएको छ।
पश्चिम नवलपरासीको बर्दघाटदेखी लागू औषधको कारोबार गर्नेहरु पछिल्लो केही दिन यता दाउन्ने र आसपासका ईलाकामा बढी कृयाशिल भएको पनि बुझिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

