Rashtriya Dainik

लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस मनाइंदै : धेरै कानून बनाउन पहिलो

दाङ,२१ माघ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइदैछ । प्रदेशको स्थायी राजधानी राप्ती गाउंपालिकाको मौरीघाटमा स्थापना दिवस मनाउन लागिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनलाई दिउसो १ बजे सलामी अर्पण गरेपछिछ स्थापना दिवस मूल समारोह शुरु हुने प्रददेश सभा सचिव दुर्लभ पुनले बताए ।

सो कार्यक्रममा झांकी प्रदर्शन,बुटवलमा अस्थायी राजधानी रहंदा भवन उपलब्ध गराउने संघसंस्थालाई अभिनन्दन,शुभकामना मन्तव्य र स्थापना दिवसको अवसरमा प्रदेश सरकार र प्रदेश सभाबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिताका सहभागीलाई प्रमाणपत्र वितरण हुने सचिव पुनलेबताए ।

प्रदेश सभाको पहिलो कार्यकालमा लुम्बिनी प्रदेशसभाले सबैभन्दा धेरै कानून बनाउन सफल भएको सचिव पुनले जानकारी दिए ।

लुम्बिनी प्रदेशले अन्य प्रदेशको तुलनामा धेरै अर्थात ७२ वटा विधेयक सभाबाट पारित गरेको छ ।

मधेस प्रदेशले ६१ वटा विधेयक दर्ता गरेकामा ५५ वटा पारित गरेको छ भने गण्डकी प्रदेशसभामा ६२ वटा विधेयक दर्ता भएकामा ५९ वटा बिधेयक प्रमााणिकरण भइ कार्यान्वयनमा ल्याएको छ ।

कर्णाली प्रदेश सभामा ६४ वटा विधेयक दर्ता भएकामा ५३ वटा प्रमाणिकरण भएका छन् ।

बागमती प्रदेशले यो अवधिमा ७० वटा विधेयक सभाबाट पारित गरिसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा दर्ता भएका ६७ विधेयकमध्ये ६५ वटा सभाबाट पारित भइसकेका छन् भने ६३ वटा प्रमाणिकरण भएका छन् ।

प्रदेश १ सभामा ६५ विधेयक दर्ता भएकोमा ६२ वटा पारित भएका छन् ।

प्रदेशले एकल अधिकारका कानुन बनाए पनि साझा अधिकारसम्बन्धी कानुन निर्माणमा भने जटिलता देखिएको छ ।

स‌ंविधान अनुसार प्रदेशका २१ वटा एकल अधिकार छन् । संघ र प्रदेशको २५ वटा साझा अधिकार र तीनै तहले उपयोग गर्ने गरि १५ वटा साझा अधिकार छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित