कपिलवस्तु, २१ माघ ।- बोक्सी लगाएर मारेको आरोपमा ३ जना महिला माथि कुटपिट भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिका वडा नम्बर–११, बनगाईमा कुटपिट भएको हो । गत मंगलबार दिउसो करिब पाँच बजे सोनमती तेली, सोमना तेली र राधिका तेली माथि कुटपिट भएको थियो ।
स्थानीय जनार्दन कुर्मी, पुष्पावती पासी, प्रमिला पासी, रामचल्ले चमकटीया लगायतले बोक्सी लगाएर मारेको आरोप लगाउँदै आक्रमण भएको राधिका बताउँछिन् ।
सोमनाको देवर शुद्धु तेलीको मृत्यु भए पछि बोक्सी लगाएर मारेको आरोप लगाएको पीडितको भनाइ छ ।
उनीहरु मलामी गएर फर्किए पछि घरमा पुगी कुटपिट गरेका थिए । कुटपिटले घाइते भएका ३ जनाको कपिलवस्तु अस्पतालमा उपचार भएको थियो । उनीहरु उपचारपछि घर फर्किएका छन् । घटनापछि जाहेरी दिन वडा प्रहरी कार्यालय चन्द्रौटा पुगेकी सोमना प्रहरीले जाहेरी लिन अस्विकार गरेपछि निरास भएर घर फर्किएकी थिइन् ।
यता वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले उजुरी दर्ता नगर्नुभन्दा पनि सत्यतथ्य बुझेर मात्रै प्रक्रिया अगाडि बढाइने बताए । उक्त घटनाबारे जानकारी पाए लगत्तै आफूले घटना बुझ्न दुबै पक्षलाई बोलाएको बताउँदै उनीहरु नआएको उनको भनाइ छ । उनले भने ः “यदि बोक्सीको आरोपमा कुटेको गन्ध मात्र निस्कियो भने त्यतिबेला कारबाही गरिहाल्ने छौँ ।“
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

