Rashtriya Dainik

सरावलमा लेखा, जिन्सी तथा पे-रोल सम्बन्धी तालिम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , २० माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे सभाहलमा विद्यालयका प्र.अ. तथा लेखापाललाई लेखा, जिन्सी तथा पे-रोल सम्बन्धी तालिम प्रदान गरिएको छ।

सरावल गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्र.अ. तथा लेखामा काम गर्ने कर्मचारीहरुलाई लेखा, जिन्सी तथा पे-रोल सम्बन्धी ३ दिने तालिम अाज सम्पन्न भएको हाे।

सरावल गाउँपालिकाको अायाेजनमा भएको कार्यक्रममा पालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्र.अ. तथा लेखामा काम गर्ने कर्मचारीहरुकाे सहभागीता रहेको थियो ।

तालिमकाे समापन समारोहमा पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी , उपाध्यक्ष बासमति हरिजन , प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल , वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी , शिक्षाशाखा प्रमुख तुलसी अधिकारी लगाएतले सिकेकाे कुरा ब्यवहारमा उतारी सुहासन र पारदर्शिता कायम गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रमकाे सहजिकरण लेखा अधिकृत नारायण पाण्डेयले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित