Rashtriya Dainik

चितवनका किसान पुन आन्दोलित : सडकमै फाले तरकारी

नारायणगढ । भारतीय तरकारीका कारण नेपाली तरकारीले बजार नपाएको भन्दै चितवनका किसान पुनः आन्दोलित बनेका छन्। शुक्रबार चितवनका किसानले सरकारको ध्यानाकर्षण गराउन नाराणगढको पुलचोकमा ट्याक्टरका ट्याक्टर तरकारी ल्याएर सडकभरी पोखेका छन्।

नेपाली व्यापारीले भारतीय उत्पादनलाई प्रश्रय दिँदा त्यसबाट नेपाली किसान प्रत्यक्ष मर्कामा परेको भन्दै त्यसको विरोधस्वरूप नचाहेर पनि सडकमा तरकारी फाल्नुपरेको संघर्ष समितिका संयोजक लेखनाथ भूसालले जानकारी दिए। फर्सी, गोलभेँडा, काउली, बन्दालगायतका तरकारी पुलचोकमा ल्याएर फालेका हुन्।

किसानहरूले सरकारको लाचारीपनका कारण किसान सडकमा आउन बाध्य भएको भन्दै तीनै तहको सरकारविरूद्ध नाराबाजीसमेत गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित