Rashtriya Dainik

सुस्ता गाउँपालिकाले शुभारम्भ गर्याे अटाे रिक्सा दर्ता

उमेश बि.क / नवलपरासी , २० माघ

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका सडकमै अस्तव्यस्त रूपमा सञ्चालन हुँदै आएका अटाे रिक्साहरूलाई व्यवस्थापन गर्न पालिकाले दर्ता प्रक्रिया अगाडि बढाएको छ।

आवश्यकताभन्दा धेरै र दर्ताबिनै सञ्चालन भइरहेका अटाे रिक्साका व्यवस्थापन मुख्य चुनौती बनिरहेको थियो।

अहिले भने अटाे रिक्साको व्यवस्थापनको काम अगाडि बढाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले बताउनु भएको छ । अबदेखि पालिकामा नै दर्ता तथा नवीकरण लगायतका कार्य हुने अधिकृत पाैडेलले बताउनुभयो ।

लामो समयको पहलपछि रिक्सालाई पालिकामा दर्ता गरेर नियामक निकायमा पठाउने पालिका अध्यक्ष टेक नरायण उपाध्यायले बताउनुभयो ।

सुस्ता गाउँपालिका क्षेत्रभित्र कति रिक्सा सञ्चालित छन् भन्ने यकिन तथ्यांक नभए पनि ति रिक्साहरू दर्ता प्रक्रियामा अाएपछि पालिकाबाट संचालित रहेको तथ्यांक निकाल्न सकिने उपाध्यक्ष गिता चाैधरीले बताउनुभयो ।

पालिकाले तयार पारेको पहिचानयुक्त स्टिकर टाँसेर प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले दर्ता अनुमतिको काम औपचारिक रूपमा शुभारम्भ गर्नुभएको हाे।

पालिकाले रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि– २०७८ नै बनाएर दर्ता प्रक्रिया अगाडि बढाइएको अधिकृत पाैडेलले बताउनुभयो ।

पालिकाले उपाध्यक्ष गिता चाैधरीको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरेर व्यवस्थापनका काम अगाडि बढाएको हाे।

सुस्ता क्षेत्रलाई आवश्यक संख्याको निर्धारण, रुट निर्धारण, भाडा दर निर्धारण तथा नियमन जस्ता कार्यलाई व्यवस्थित गर्दै रिक्सा , वैकल्पिक तथा नविकरणीय उर्जाबाट चल्ने सवारी साधनलाई प्रवर्द्धन गर्ने काम सुरू गरिएको पाैडेलले बताउनुभयाे ।

रिक्सा दर्ता भएपछि अब रिक्सा चलाउँदा झमेला बेहोर्नु नपर्ने रिक्सा चालकहरुले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित