Rashtriya Dainik

सुस्ताको चुहाडी क्षेत्रलाई बौद्ध तिर्थस्थल ‘सतपती’को रुपमा घोषण हुने

राष्ट्रिय दैनिक / नवलपरासी , २० माघ

पश्चिम नवलपरासीको सुस्ता गाउँपनलिकालाई माघ पूर्णिमाको अवसरमा बौद्ध तिर्थस्थल ‘सतपती’को रुपमा घोषण हुने भएको छ।

सुस्ता गाउपालिकाले थप नयाँ बौद्ध स्थलको पहिचान गरि बौद्ध तिर्थ स्थलको घोषणा गर्ने भएको छ सुस्ता २ स्थित चुहाडी भनेर स्थानिय स्तरमा चिनिने गरेको स्थान बौद्धकालिन प्राचिन सतपती तिर्थस्थल भनेर यहिँ २०७२ माघ २२ गते माघ पूर्णिमाका दिन घोषणा हुने कार्यक्रम तय भएको गाउपालिकाले जनाएको हो।

बौद्ध साहित्य तथा प्राचिन कालमा चिनियायात्री ह्वेगसाँग समेत सो स्थानमा पुगेको र आफ्नो यात्रा वृतान्तमा सतपती भनेर उल्लेख गरिएको हुदा सो स्थानलाई बौद्धकालिन प्राचिन सतपती बौद्धतिर्थ स्थल घोषणा गरिने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताउनु भएको छ ।

बौद्ध दर्शनका अध्ययेता डा. कौशलेन्द्र बहादुर श्रीवास्तव र पुरातत्व क्षेत्रको जानकार नारद यादवसँग पनि परामर्श भएर यो बौद्धकालिन स्थान भएको पहिचान भएको हो ,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने, प्राचिन स्थलको रुपमा पुरातत्व विभागले प्राचिन स्मारक भनेर बोर्ड त गाडेको छ । तर यसको पहिचान के होला भनेर स्थानिय तथा आउने पर्यटकमा चाँसो हुने गरेको थियो । खोज गर्दै यसको उल्लेख सतपती भनेर चिनियायात्रीको वर्णन र स्थानियमा पनि सतपती गाँउसँगै जोडिएको हुदा सतपति भनेर घोषणा गर्न लागिएको उनको भनाई थियो ।

घोषणा गर्ने कार्य पनि भगवान गौतम बुद्ध जिवनको उत्तरार्धमा वैशाली नगरमा उनले माघ पूर्णिमाको दिन आफुले तिन महिना पछि वैशाख पुर्णिमाका दिन महापरिनिर्वाण लिइने घोषणा गरका थिए। यसलाई बौद्धमार्गीले महापरिनिर्वाण घोषणा दिवसको रुपमा मनाउदै आएका छन् ।

सोही अवसरमा अहिले यो सतपती गाउनजिकैको चुहाड़ी प्राचिन स्मारक क्षेत्रलाई सतपती बौद्ध तिर्थ स्थल भनेर घोषणाको तयारीमा जुटिएको स्थानिय समाजसेवी तथा विपश्यना साधक जितराम पंजियारले बताए।

यसको महत्व ठूलो छ, तर अहिले यसको महत्व उजागर हुन नसक्दा समान्य रूपमा यसलाई चुहाडी र नजिकै रहेको गाउलाई सतपती भनेर चिन्ने गरिएको छ विपश्यना अन्तरगतकै एक महत्वपुर्ण अभ्यास सतिपठ्ठान ध्यान साधाना पनि हो, सोही नामले प्राचिन कालमा सतपती भनेर चिनिने गरिएको हुन सक्ने उनको भनाई थियो जुन ह्वेगसाँग यात्रा गर्दै आउदा भेटाएको र आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका छन्।

उनले तिन सय पुरानो मानव अंग दात पनि फेला परेको उल्लेख गरिएको छ । संग्रहालयमा ति दात अहिले पनि भएको र त्यसको परिक्षण गरि पहिचान गर्न सकिएमा युनेस्कोले यसलाई पनि विश्वसम्पदामा सुचिकृत गर्न सक्ने आधार भएको पंजियारले बताएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित