Rashtriya Dainik

पाल्हिनन्दन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनालाई स्वागत

राष्ट्रिय दैनिक / नवलपरासी , २० माघ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाकाे नव अागन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ।

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपक तथा उपाध्यक्ष फातुमा खातुन अन्सारीले नव अागन्तुक प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनालाई खादा माला लगाई स्वागत गर्नुभएको हाे।

पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपक तथा उपाध्यक्ष फातुमा खातुन अन्सारी संगै वडा नम्बर ३ का वडा अध्यक्ष गाेधन प्रसाद हरिजन , कर्मचारी लगाएतले टिका फूल माला लगाई कार्यकारी अधिकृतलाई स्वागत गरेका थिए ।

पालिका अध्यक्ष गुप्ताले स्वागत गर्दै सबै मिलेर पाल्हिनन्दनको चौतर्फी विकासको गति बढाउनु पर्ने अबको यात्रा रहेको बताउनुभएको थियो ।

त्यस्तै कार्यकारी अधिकृत तिमिल्सिनाले जनप्रतिनिधि , कर्मचारी र स्थानीयको सहयोग र समन्वयमा पाल्हिनन्दन गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित