अारपि उपाध्याय / नवलपरासी , १९ माघ
सशस्त्र प्रहरी बल त्रिवेणी वि.ओ.पी.को आयोजनामा समस्या,सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम आज विनयी त्रिबेणी ७ मा सम्पन्न भएको छ ।
कार्यक्रममा विनयी त्रिबेणी वडा नम्बर ६ का वडाध्यक्ष नुरेन्द्र शाहले शान्ति,सुरक्षा कायम राख्न नागरिक केन्द्रित कार्यक्रम फलदायी रहने बताउदै कार्यक्रममा उठ्ने विषयबस्तुलाई राष्ट्रसेवक कर्मचारीहरुले पालना गर्नुपर्ने कुरामाथि जोड दिनुभयो ।
त्यस्तै वडा नम्बर ७ का वडाध्यक्ष उमेश कुमार कार्कीले सुरक्षा निकायबाट गरिने यस किसिमको कार्यक्रमबाट शान्ति सुरक्षामा बल पुग्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका निरञ्जन थापाले सिमा क्षेत्रमा चुलिएको अवैध क्रियाकलापलाई नियन्त्रणमा सुरक्षा निकायले कुनै कमी आउन दिन नहुने बताउदै लागु औषध नियन्त्रण जस्ता समस्यालाई समाधान गर्दै त्रिबेणी धाममा आउने पर्यटकलाई विश्वसनिय ढंगबाट सेवा सुविधा प्रदान गर्नुपर्ने र सेवाको नाममा गरिने असहयोगको प्रथालाई अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा विओपीका निमित प्रमुख सव ईन्सपेक्टर मान बहादुर कुमालले शसस्त्र प्रहरीबाट दिइने सेवा सुविधामा कुनै गुनासो भएमा सुझावको अपेक्षा गर्नुभएको थियो ।
सो अवसरमा विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ र ७ अन्र्तगतका जनप्रतिनिधि, राजनैतिक दल तथा स्थानिय कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

