Rashtriya Dainik

सुस्ता बचाऔ अभियानका अध्यक्ष स्वर्गिय गुरुंगको योगदानलाई कहिल्यै विर्सन नसकिने : सभामुख घर्ती

अारपि उपाध्याय / नवलपरासी , १९ माघ

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले सुस्ता भुमी रक्षाका लागी सुस्ता बचाऔ अभियानका अध्यक्ष स्वर्गिय गोपाल प्रसाद गुरुंगको योगदानलाई कहिल्यै विर्सन नसकिने बताउनुभएको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर ५ सुस्ता टोलमा स्वर्गिय गुरुंगको १० औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मगरले यस्तो बताउनुभएको छ । उहाँले राष्ट्रप्रति समर्पण, ईमान्दारी र सुस्ता भुमीको रक्षाका लागी सिंहदरबारसम्म आवाज पुर्याउने स्वर्गिय गुरुंगको निधनले सुस्ता बासीले एक उज्यालोको तारा गुमाएको जिकिर गर्नुभयो ।

श्रद्धाञ्जली समारोहमा लुम्बिनी प्रदेश सासंद देवकरण कलवारले नागरिकता, जंगेपिल्लर सुस्तामा जग्गाधनी प्रमाण पुर्जाको माग गर्ने अभियानकर्मीको रुपमा रहेका स्वर्गिय गुरुंगको निधनले एक होनहार सिपाहीको अन्त्य भएको बताउनुभयो ।

नेपाल प्रहरीको हवल्दारको नोकरी गरि २०५२ सालमा सेवा निवृत्त भएका गुरुंगले २०६२ सालमा सुस्ता बचाउ अभियान नामक सस्थाबाट सुस्ता समस्या समाधान गर्ने कार्यको थालनी गर्नु भएको थियो ।

तनहु जिल्लामा जन्मिनुभएका गुरुंगले आफ्नो जन्मभुभी छोडी सुस्तालाई नै कर्मभुमी छान्नुभएको सुस्ता बचाऔ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिनुभएको छ ।

सुस्ता बचाऔ अभियानका उपाध्यक्ष आदम हुसेन खाँ को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुस्ता गाउपालिकाकी उपाध्यक्ष गिता देवी चौधरी, नेपाल प्रहरी प्रदेश ईकाई कार्यालय लुम्बिनीका वरिष्ट प्रहरी उपरिक्षक रेवती ढकाल, सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डे, सुस्ताबासी लगायत,स्वर्गीय गुरुङको परिवारजनको उपस्थिती रहेको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेश सभाका सभामुख घर्तीले स्वर्गिय गुरुंगको स्मृतीमा सुस्ता प्रबेशको मुख्य बाटोमा प्रबेशद्धारको शिलान्यास गर्नुभएको छ ।

उक्त प्रबेशद्धारलाई आगामी बर्षसम्म निर्माण कार्य सम्पन्न गरिने सभामुख निकट श्रोतले जानकारी गराएको छ ।

यस अघि सभामुख घर्तीले सुस्ताको बाटो घाटो लगायत नारायणी नदीको कटान र अतिक्रमित सुस्ता भुमीको पनि निरीक्षण गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित