हरिकिशोर शर्मा / जिराभवानी , १९ माघ
पर्साको जिराभवानी गाउँपालिका नम्बर १ महादेवपट्टीमा निःशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल पिछडावर्ग (ओबिसी) महासंघ पर्साको आयोजनामा सम्पन्न शिविरमा १ सय ४१ जना लाभान्वित भएका छन् ।
मातृका आई फाउण्डेशनसँगको सहकार्यमा सम्पन्न शिविरमा चेकजाँच गराएकामध्ये ८५ जनामा मोति बिन्दु फेला परेको नेत्र चिकित्सक डा. मधुरञ्जन यादवले जानकारी दिए । महासंघका जिल्ला अध्यक्ष देवनाथ महतोको अध्यक्षतामा सम्पन्न शिविरमा डा. मधुरञ्जन यादवसँगै स्वास्थ्यकर्मी राजेश चौधरी लगायतको समूहले आँखा चेकजाँच गरेको थियो ।
कमजोर आर्थिक अवस्थाका कारण आँखा अस्पतालसम्म पुग्न नसकेकाहरुलाई मध्यनजर गर्दै ओबिसी महासंघले निःशूल्क आँखा शिविरको आयोजना गरेका महासंघका अध्यक्ष महतोले बताए ।
शिविरमा जिराभवानी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रामशरण खवास थारु, कार्यपालिका सदस्य सरोज चौरसिया लगायतको उपस्थिती रहेको महासंघका सचिव निरज महतोले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

