अारपि उपाध्याय / नवलपरासी , १९ माघ
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा न.३ बाट अवैध रुपमा ढुङ्गा लोड गरि ल्याउदै गरेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुस्ता गाउँपालिका रेवा स्थित नारायणी नदी किनारबाट ढुङ्गा लोड गरि ल्याउदै गरेको दुई ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिमका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।
लु.४ त.२९५ र लु.४त.१८१५ नम्बरको ट्याक्टरमा ढुङ्गा लोड गरि ल्याउदै गरेको अवस्थामा प्रहरी चौकी कुडियाका प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको कमाण्डमा गएको प्रहरी टोलिले गए राती २:३० बजेको समयमा सुस्ताकै पत्थरकलाबाट नियन्त्रणमा लिएको हो।
प्रहरीद्वारा नियन्त्रणमा लिइएको ढुङ्गा सहितको ट्याक्टरलाई आवश्यक जरिवानाको लागि स्थानिय निकायमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
नारायणी नदी आसपासको ईलाकाबाट अझैपनी मध्यरातको समयमा ढुङ्गा,बालुवाको अवैध ओसारपसार भइ नै रहेको श्रोतले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

