राष्ट्रिय दैनिक , १९ माघ
भोजपुरी बहुचर्चित गायक एवं नायक पवन सिंह र नायिका काजल रघवानी रौतहटको मौलापुर आउने भएका छन् ।
यही फाल्गुन ६ गते भोजपुरी सुपरस्टार समेत मानिने पवन सिंह र काजल रघवानी मौलापुरमा शिवरात्रीको असरमा आयोजना हुन लागेको भब्य मेलामा मनोरञ्जनात्मक कार्यक्रमका लागि रौतहट आउन लगेकाे सन्ताेष राज सहानीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको छ ।

मौलापुर नगरपालिकाको प्रसिद्व पतौरा प्राचीन महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा पु¥याउन हरेक वर्ष आयोजना गरिने मधानी महायज्ञमा यसपालि पनि सिंहका ,काजल रघवानी साथै नेपाल र भारतका चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजक मौलापुर नगरपालिका र एस.राज प्रोडक्सन्सले जनाएको छ ।
एस.राज प्रोडक्सन्सका सन्चालक सन्ताेष राज सहानीका अनुसार यस कार्यक्रमले नेपाल र भारतबिच थप अात्मियता कायम गरेको छ । कलाकारहरु नेपालमा अाउदा नेपालको प्रतिभाहरु पहिचानगरी भारतमा समेत अवसरहरु प्रदान गर्ने याे मेला माध्यम समेत बनेको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

