बागलुङ । जिल्लाका एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।
जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता गङ्गा बहादुर थापाले जानकारी दिए।
जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अङ्गमा जलेको थापाले बताए।
जिसीको धौलागिरि अस्पतालमा सामान्य उपचार पछि पोखरा रेफर गर्न थालिएको सूचना अधिकारी थापाको भनाइ छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

