अारपि उपाध्याय / नवलपरासी , १८ माघ
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले १ महिनाको अवधीमा १ करोड ७३ लाख १८ हजार ७ सय ६७ मुल्य बराबरको राजश्व दाखिला गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम तथा मातहत प्रहरी ईकाई समेतबाट मिति पौष १७ गते देखि माघ १८ गते सम्म (१ महिनाको अवधिमा) जिल्लाका बिभिन्न स्थानबाट १ करोड ६८ लाख २८ हजार ७ सय ६७ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामान (चिनी, बिभिन्न किराना सामान, हार्डवेयरको सामान, लत्ता कपडा, बिभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा र पशु तथा चौपाया) बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर तथा राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।
त्यसै गरी प्रहरीले यस अवधीमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न २२ वटा ट्याक्टरलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको छ, जसबाट ३ लाख ४२ हजार ५ सय मुल्य बराबरको राजश्व दाखिला भएको छ ।
साथै यसै अवधिमा प्रहरीले १ लाख ६२ हजार ५ सय मुल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको छ ।
यसरी यस अवधीमा प्रहरीले अवैध मालसामान, अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही, अवैध काठ समेत गरी कुल जम्मा १ करोड ७३ लाख १८ हजार ७ सय ६७ मुल्य बराबरको राजश्व दाखिला गरेको छ ।
साथै सो अबधीमा खुल्ला सीमानाको कारण अबैध रुपमा भन्सार छली गरि ल्याएको बिभिन्न सामानहरु ओसार पसारमा संलग्न ५ जना मानिसहरु, १२ वटा मोटरसाइकल र २ वटा ट्याक्टर समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ ।
साथै नवलपरासी (पश्चिम) प्रहरीले चालु आर्थिक बर्षको श्रावण १ गतेदेखि हालसम्म ४ करोड २९ लाख ३० हजार ७ सय ६५ मुल्य बराबरको राजश्व दाखिला गरेको छ ।
जसमा ४ करोड २ लाख १५ हजार १ सय ६० मुल्य बराबरको अवैध रुपमा भन्सार छली गरि ल्याएको बिभिन्न मालसामान रहेको छ भने ११ लाख ८६ हजार २ सय ५० मुल्य बराबर अवैध नदिजन्य पदार्थ उत्खनन कारबाही र १५ लाख २९ हजार ३ सय ५५ मुल्य बराबरको अवैध वन पैदावर बरामद रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

