Rashtriya Dainik

उपाध्यक्ष मशहुदले गराए मुख्यमंत्रीलाई मदरसा व्यवस्थापनबारे ध्यानाकर्षण

कपिलवस्तु, माघ १८

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका मुख्यमंत्री लिला गिरीलाई मदरसाको अवस्था तथा त्यस्को व्यवस्थापनका लागि ध्यानाकर्षण गराएका छन् l

आज मुख्यमंत्री लाई जामिया सिराजुलउलुम अल्सलफिया अध्यक्ष तथा राष्ट्रीय मदरसा संघ नेपालका संरक्षक समिम अहमद नदवी, राष्ट्रीय मदरसा संघ नेपालका संरक्षक डा. मन्जुर खां, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सल्लाहकार जहिर अहमद बरेलवी,राष्ट्रीय मदरसा संघ नेपालका सदस्य मौलाना अब्दुल नूर सिराजी, अलताब खान, जाहिद हुसेन, असरफ खान लगायतको संयुक्त टोलीले मुख्यमंत्रीलाई भेटेर मदरसाको वर्तमान अवस्था , सुधार गर्नुपर्ने पक्षहरू, मदरसामा पढाउने शिक्षकको व्यवस्थापन लगायत मदरसाको सम्पूर्ण समस्याको बारेमा गिरी लाई ध्यानाकर्षण गराएका छन् l

मुख्यमंत्री गिरीले मदरसाको व्यवस्थापन तथा मदरसाको संरक्षण गर्न आफूहरू प्रतिबद्ध रहेको र व्यवस्थापन गर्न आफूहरू सहयोग गर्न तत्पर रहेको बताउदै मुस्लिम समुदायको साथ र सहयोग अपरिहार्य रहेको कुरा बताउनुभएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले जानकारी दिए l
साथै समिम अहमद नदवीले स्लाम धर्मको पवित्र पुस्तक नेपाली अनुबाद कुरान भेट गरेका थिए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित