अारपि उपाध्याय / नवलपरासी , १८ माघ
हिन्दु र ईस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रुपमा मानिने मदारबाबा मेला व्यवस्थापन गर्न सर्वपक्षीय बैठक पश्चिम नवलपरासीको सुस्तामा सम्पन्न भएको छ।
सुस्ता गाउँपालिकाको सभाहलमा आयोजित सर्वपक्षीय भेलामा पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, पश्चिमका प्र.जि.अ. विश्व प्रकाश अर्याल र दुबै जिल्लाका सुरक्षा प्रमुख एवम् जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
मेला व्यवस्थापन कार्य र समिती चयन विषयमा विवाद चुल्लिएपछी उक्त विवाद साम्य पारी मेलालाइ सभ्य र भव्य ढङ्गबाट सन्चालन गर्न विनयी त्रिवेणी गाउँपालिका ६ र सुस्ता गाउँपालिका २ को अगुवाइमा विनयी त्रिवेणी र सुस्ता गाउँपालिकामा परापुर्व कालदेखि चल्दै आएको धार्मिक परम्परालाई कायम गर्दै दुबै वडाबाट प्रतिनिधित्व गराइ आवश्यकता अनुसार मुल समिती विस्तार गर्ने तथा विभिन्न उपसमिति गठन गरि मेलालाई मर्यादित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्ने निर्णय भएको छ।

मदार बाबा मेला अवधीभरी शान्ती सुरक्षा व्यवस्थापनका लागि दुबै जिल्लाका सुरक्षा समितिको आपसी समन्वय मिलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रबन्ध मिलाउने निर्णय भएको जानकारीमा आएको छ।
भेलाले मेला सम्पन्न भए पश्चात् दुई जिल्लामा दर्ता भएको समितिबिच आपसी समझदारी पुर्वक पुनःगठन गर्ने तर्फ सम्बन्धित वडा समितिले पहल गर्ने पनि निर्णय भएको छ।
मदार बाबा धार्मिक स्थललाइ दीर्घकालीन रुपमा थप व्यवस्थित र आवश्यक प्रबन्ध मिलाइ नेपाल सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गर्ने तर्फ कृयाशिल रहने निर्णय भएको पश्चिम नवलपरासीला प्र.जि.अ. अर्यालले जानकारी दिनुभएको छ।
मदार बाबा मेला माघ २७ गते देखि प्रारम्भ भइ फागुन ४ गते सम्म लाग्ने महलबारी मस्जिदका पिठाधिस अमरुल्लाह अन्सारीले बताउनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

