Rashtriya Dainik

महिलाहरुको लागि शिपमुलक तालिम अपरिहार्य : प्रमुख अतिथि दुबे

बारा १८ माघ ।
बाराको फेटा गाउँपालिका अन्तर्गत पर्ने भलुही टोलमा महिलाहरुको लागि झोल साबुन बनाउने तालिम सुरु भएको छ ।
कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथि जन गुनासो डेली डट कमका कार्यकारी सम्पादक तथा फेटा गाउँपालिका वडा नम्बर ७ निवासी उमेश दुबेले तालिममा सिखेका ज्ञान सिपलाई व्यवहारमा लागु गर्न सुझाव दिएका थिए । फेटा गाउपालिका वडा नम्बर १ मा पर्ने भलुही टोलमा सखी संस्थाले महिलाहरुको लागि आयोजना गरेको झोल साबुन बनाउने तालिममा महिलाहरु आफ्नै घरबाट रोजगार पाउन सक्ने भएकोले शिप मुलक कार्यक्रम अपरिरहार्य रहेको प्रमुख अतिथि दुबेले बताए ।
महिलाहरुको लागि बिभिन्न किसिमको तालिम, शिप मुलक कार्यक्रम ल्याई जागरुक गर्ने अर्थात महिलाहरु घरबाटै आम्दानीको आर्जन गर्न सक्ने अभियानमा लागेको सखी संस्थालाई धन्यवाद दिदै उक्त कार्यक्रमहरु फेटा गाउपालिकाको ७ वटै वडाहरुमा संचालन गर्ने सुझाएका थिए । उहाँले फेटा गाउँपालिका अन्तर्गत पर्ने ७ वटै वडाहरुको महिलाको लागि शिप मुलक कार्यक्रमको आयोजना गर्दा हजारौ महिलाहरु लाभ लिन सक्ने भएकोले सखी संस्थालाई सबै वडाहरुमा कार्यक्रम संचालन गर्ने सुझाएका थिए ।
सखी संस्थाका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक रेणु कुश्वाहाले महिलाहरुको लागि आर्थिक आम्दानी गर्ने खालका तरकारी खेती, सिलाई बुनाई, बुटिक, श्रृगांरका समान बनाउने जस्ता तालिमहरु संचालन गरि महिलाहरुलाई उद्यमी बनाउन यस परियोजनाको मुख्य उद्देश्य रहेको बताईन ।
महिलाको साथी सखी संस्थाको आयोजना तथा टेवाको आर्थिक सहयोगमा सोमवार आयोजना भएको महिलाहरुको लागि झोल साबुन बनाउने तालिममा अतिथिहरु स्थानीय युवा नेता कृष्ण महतो, श्री ने.रा. आधारभुत विद्यालय भलुहीका प्रधानाध्यापक फुलचन ठाकुर, सखी संस्थाका कार्यक्रम संयोजक विक्की महतो रहेका थिए भने संचालन सखीका कार्यक्रम संयोजक राजेश कुश्वाहाले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित