काठमाण्डाै ,१७ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउनुपर्ने अडान दोहोर्याएकाे छ । आज मङ्गलवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय यसअघि नै आफ्नो पार्टीको भागमा परेकाले अब पनि आफूहरूले नै पाउनुपर्ने दाबी गर्नुभएको हो । उहाँले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले गृह मन्त्रालय नपाउने हो भने सरकारलाई दिएको समर्थन नै फिर्ता लिन सक्ने चेतावनीसमेत दिनुभएको एक नेताले बताएका छन् ।
सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उहाँको सांसद र उपप्रधान एवम् गृह मन्त्री पद पनि खारेज भएको थियो । लामिछानेको पद खारेजीपछि गृह मन्त्रालय आफैँ राख्ने माओवादीको तयारी छ । गृह मन्त्रालय नछाड्न प्रचण्डलाई पार्टीका नेताहरूले दबाब दिँदै आएका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार नै छाड्नेसम्मको चेतावनी दिएको हो ।
आज बिहानको भेटमा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय लिँदा स्वार्थ बाँझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

