Rashtriya Dainik

बाँकेमा श्रीमानले पेट्रोल छर्किएर आगो लगाउँदा श्रीमती घाइते

कोहलपुर , १७ माघ

बाँकेमा एक जनाले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षका छोराको ज्यान गएको छ भने श्रीमती घाइते भएकी छिन् ।

कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले हिजो बेलुका श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार गंगाले छोरालाई बोक्नु भएको थियो ।

आगोले जलेका बालकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइते गंगाको उपचार भइरहेको छ । श्रीमती र बच्चालाई आगो लगाउने भानुभक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित