जगत मगर
गैंडाकोट, माघ १६ । गैंडाकोट प्रहरीले अबैध काठसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ रिसिङ गाउँपालिका ६ बस्ने बर्ष ३५ को रविन रानाभाट, गैंडाकोट नगरपालिका ४ बस्ने बर्ष ३२ को राजु परियार र बुलिङटार गाउँपालिका १ बस्ने बर्ष ३६ को प्रेम कुमार डिसुवा मगर रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई सोमबार ११ बजेको समयमा गैंडाकोटबाट पक्राउ गरिएको हो । प्रहरीले गैंडाकोट नगरपालिका ४ झपर्दीस्थित सिता रानाभाटको नवनिर्माण कम्पाउन्ड गरेको घरको आगनमा चोरी निकासी गरी अवैध सालको चिरान काठ त्रिपालले छोपी राखिएको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्र.स.नि.सुवास थापा मगरको कमाण्डमा खटि गएको ५ जनाको टोलीले सालको चिरान काठसहित पक्राउ गरेको हो ।
प्रहरीले २५ थान (२५ क्यु फिट) काठ करिब १ लाख २५ हजार मुल्य बराबरको अवैध सालको चिरान काठ बरामद गरिएको हो । पक्राउ पर्नेहरुलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएको छ भने बरामद काठ आवश्यक कार्वाहीको लागी सव डिभिजन बन कार्यालय गैडाकोटमा पठाईएको नवलपुर प्रहरीले बताएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

