Rashtriya Dainik

आफ्नी श्रिमती र छोरालाई पेट्रोल छर्केर आगो लगाउदाँ छोराको मृत्यु, श्रिमती गम्भिर घाईते

कोहलपुर , १६ माघ

कोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएको छ ।

कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा दुई वर्षीय छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमती गंगा सँगको विवादका क्रममा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

जलेर घाइते भएका दुवैलाई कोहलपुरमा उपचारपछि नेपालगञ्जमा भेरी अस्पतालमा ल्याइएकोमा आज बिहान ६ बजेतिर छोरा प्रिन्सको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गंगाको भने उपचार भइरहेको छ । प्रहरीले भानुभक्तलाई नाकाबाट पक्राउ गरेको छ । उनीहरू भारततिर भाग्दै थिए । गएराति ७ बजे घटना भएकोमा राति ११ बजेतिर घाइतेलाई नेपालगञ्ज ल्याइएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित