Rashtriya Dainik

कारागारको पर्खाल दुलो पारेर ६ थुनुवा फरार

धनुषा , १६ माघ

धनुषा जिल्लाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा रहेका ६ जना थुनुवाहरू आज बिहान फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले बताएअनुसार फरार अभियुक्तहरूमध्ये दुईजना हातहतियार मुद्दाका अभियुक्तहरू हुन् भने तीन जना अभ्रद व्यवहार र एकजना लागुऔषध मुद्दाका अभियुक्तहरू हुन् ।

उनीहरूले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट दुलो बनाएर फरार भएका हुन् । फरार भएकाहरूको खोजी कार्य जारी रहेको प्रवक्ता क्षेत्रीले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित