राजन कुमार बानिया /पर्सा,१५ माघ
पर्साको पोखरीया नगरपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले हाजिर भई कार्यभार समालदै अाज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सभा हलमा भएको परिचयात्मक कार्यक्रममा पोखरीया नगरपालिकाकाका मेयर प्रद्युमन प्रसाद चौहानको अध्यक्ष्ातामा भएको परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिती रहेको थियो । प्रमुख प्रसाशकिय अधिकृत श्रीवास्तवलाई मेयर चौहान ,नगरपालिकाकी उपमेयर रूबी कुमारी ठाकुर ,वडा अध्यक्ष प्रमोद गिरी,केदार महतो चाई, महेंद्र महतो चाई , रामप्रवेश प्रसाद चौहान लगायत जनप्रतिनिधिहरु तथा नगरपालिकाका कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई फुलमाला तथा अवीर लगाएर नगरपालिकामा स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले पोखरीया नगरपालिकाको कार्यभार समाहल्दै नगरपालिकाको काम कारवाही नियमसंगत अगाढी बढने तथा विकासले गति पाउँनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिनु भएको छ । अाफ्ना कर्मचारी संग बैठक बसी अाफ्नो कर्मचारीहरुलाई काम काज र यहाँको नियमकानुनको बारेमा निर्देशन दिनु भएको हो। प्रमुख प्रसाशकिय अधिकृत श्रीवास्तवले अाफ्ना मातहतका कर्मचारी हरु संग कुरा कानी गर्दै भने नगरपालिका कार्यालयमा बिहान ९.३० बजे अाउने र पौने पाच बजे जाने र कार्यालय अाउदा सरकारी पोसामा अाउने परिचय पत्र समेत कार्यालय अाउनु पर्नेमा निर्देशन दिनु भएका छन। अधिकृत श्रीबास्तवले कर्मचारीहरुलाई ईमानदारी पुर्वक काम गर्न र जनताको काम र बिकासको काम छिटै गर्न अाग्रह समेत गरे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

