Rashtriya Dainik

पकाहामैनपुरको प्रमुख प्रशासकीय अधिकृतमा राज कुशवाहा

राजन कुमार बानिया / पर्सा ,१५ माघ
पर्साको पकहामैनपुर गाउँपालिका मा नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा आज देखि हाजिर भई कार्यालय को कार्यभार समभालनु भएको छ ।
अाईतबार हाजिर हुन गएका प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहता , उपाध्यक्ष सरफुन नेशा खातुन , वडा अध्यक्ष बिनोद मेहता, संजय चौहान,ढेरी यादव ,बलिराम प्रसाद,मुटुक चौहान,नेपाली काँग्रेस का नेता नसरुलाह मियाँ ,राकेस कुशवाहा,अनिल साह, लगायत गाउँपालिकाका कर्मचारी फूलमाला तथा गम्छा अबिर लगाई पालिकामा स्वागत गरेका हुन । पकहामैनपुर गाउँपालिका का पुरानो निमित प्रमुख प्रसाशकिय अधिकृत रमेश सुवेदी लाई सरुवा भएको पछी
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सरुवा भएर आउनु भएका प्रमुख प्रसाशकिय अधिकृत कुशवाहा लाई स्वागत गरेका छन। गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत कुशवाहा कार्यभार समभालदै भने जनताका काम कानुनसम्मत हिसाबले सम्पादन हुनुपर्ने बताएका छन् ।जनता हरु को काम काज सर र सहज तरिका ले छिटै दिन कर्मचारी हरु लाई निर्देशन दिनु भएको छ।गाउँपालिकाको शाखा प्रमुखसँग छलफल गरी हालसम्म भए गरेका कामको जानकारी लिएका थिए । उनले गाउँपालिकाबाट सम्पादन गर्नुपर्ने कामलाई चुस्त र व्यवस्थित बनाउन शाखा प्रमुखलाई निर्देशन पनि दिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित