जनकपुरधाम । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरका लागि कालीगण्डकी नदीबाट निकालिएको देव शिला जनकपुरधाममा ल्याइएको छ । शनिबार राति ल्याइएको दुई विशाल शिला (पत्थर)लाई जानकी मन्दिरमा आज भव्यतापूर्वक विशेष पूजा गरिँदै छ ।
विशेष पूजामा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल र प्रतिनिधिसभा सदस्य जुली महतोको उपस्थिति छ ।

उक्त शिला आउँदो बिहीबारसम्म अयोध्या पठाइनेछ । नेपालबाट प्रदान गर्न लागिएको शिलाबाट भगवान् रामको बालस्वरूप निर्माण गरिने जानकी मन्दिरका महन्त राम तपेश्वर दासले बताए ।
शिला संकलन तथा पठाउने कार्यमा सक्रिय जानकी मन्दिरका महन्त दासले ढुंगाबाट निर्माण गरिने भगवान् रामको बालस्वरूप राम मन्दिरको गर्भगृहमा रहने जानकारी दिए ।

“राम मन्दिरमा स्थापित हुने मूल स्वरूप नै नेपालको शिलाबाट तयार गरिनेछ,” उनले भने, “दुईवटा शिलाबाट एकैसाथ मूर्ति बनाइनेछ । राम मन्दिरमा ४०० वटा कलात्मक पिल्लर राखिएको छ । हरेक खम्बामा १६ वटा देवीदेउताका मूर्ति कुँदिनेछ ।”
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

